आत्मनिर्भर लघुवित्तले ल्यायो २ करोड भन्दा बढीको आइपिओ

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्कासन गरेको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो।

उक्त कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ कित्ता सेयर बिक्रि गर्न लागेको जनाइएको छ। कम्पनीको अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री पछि अब ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो।

यस्तै लगानी कर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। अन्तिम समय फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। साथै सोहि कम्पनीको आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन्।

यस्तैगरी उक्त कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *