📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको खोप खुवाउँदै: आज देखि यहि फागुन २५ गते सम्म खुवाइने

🕒 February 23, 2023

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको खोप आज देखि खुवाउन सुरु गरेको छ। बिहिबारदेखि यही फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको मन्त्रालयले जनाएको छ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा गरि १५ जिल्लामा हात्तीपैले विरुद्धको औषधि खुवाउन थालिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा, दीपेन्द्ररमण सिंहको अनुसार वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई औषधि खुवाइने छ।

स्वास्थ्य मन्त्रालयको अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ ।

यस्तै उक्त औषधि नेपाल सरकारले नि:शुल्क उपलब्ध गराउने र दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ। शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता नहुने मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।