देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको खोप खुवाउँदै: आज देखि यहि फागुन २५ गते सम्म खुवाइने – News Nepal Media
Trend

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको खोप आज देखि खुवाउन सुरु गरेको छ। बिहिबारदेखि यही फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको मन्त्रालयले जनाएको छ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा गरि १५ जिल्लामा हात्तीपैले विरुद्धको औषधि खुवाउन थालिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा, दीपेन्द्ररमण सिंहको अनुसार वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई औषधि खुवाइने छ।

स्वास्थ्य मन्त्रालयको अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ ।

यस्तै उक्त औषधि नेपाल सरकारले नि:शुल्क उपलब्ध गराउने र दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ। शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता नहुने मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP