बिहिबार , बैसाख ४, २०८२
पचास करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्दै राष्ट्र बैंकले – News Nepal Media
Trend

नेपाल राष्ट्र बैंकले यहि फागुन १४ गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्दै छ। वार्षिक १२ दशमलव ५० प्रतिसत व्याजदर तोकिएको उक्त बचतपत्र खल्ला भएको मितिले साँवा भुक्तानी अवधि २०८४ चैत्र १० गते तोकिएको बैकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त दिनबाट पाँच वर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क (५ वर्षे) बिक्री गर्न लागिएको छ।

उक्त बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।

यस्तै घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्रको खरिद गर्न पाउने सीमा रहेको छ। साथै धितो सम्बन्धि सेवामा खरिद गरिएको बचतपत्र धितो राखेर कुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP