सन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो । तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताउनुभयो । पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् । मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । –––
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply