राज्यले पानी नआउने धारा राखे बाफत शुल्क नियमित लिइरहेको छ: सांसद पौडेल

कांग्रेसका नेता एवं सांसद प्रदिप पौडेलले काठमान्डौमा पानीको भयावह अवस्था रहेको बताएका छन्। उनले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै ४० करोड लिटर पानी उपत्यकालाई आवश्यक पर्ने बताए।

‘राज्यको अभिभारा एक घर एक धारा’ भन्ने सरकारको खानेपानी सम्बन्धमा नारा रहेको बताउदै पानी नआउने धारा राखेबाफत राज्यले नियमित शुल्क लिइरहेको जिकिर गरे। राजधानी उपत्यकामा करिब ६५ प्रतिशत घरहरुमा धारा छ तर पानी आउदैन’ उनले भने, राज्यले पानी नआउने धारा राखे बाफत शुल्क नियमित लिइरहेको छ। ‘

उपत्यकामा धेरै घरहरुमा जमिनमुनिको र ट्यांकर मार्फत पानीको पूर्ति गर्दै आउनुपर्ने बाध्यता रहेको छ। मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावट भएको भन्दै उनले दावी गरे। उनले भने, ‘अहिले काठमान्डौमा ९ करोड लिटर पानी पुरानो श्रोतबाट मेलम्चीको पानीमा चुहावटबाट झन्डै ८ करोड जम्मा १७ करोड लिटर पानीको चुहावटबाट आपूर्ति हुन्छ। जबकि काठमाण्डौमा ४० करोड लिटर आवश्यक हुन्छ। ‘


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *