बुधबार , साउन १५, २०८२
नेम्वाङलाई मत दिन आग्रह गर्दै एमालेले पठायो १७ दल र स्वतन्त्र सांसदलाई पत्र – News Nepal Media
Trend

राष्ट्रपति पदको उम्मेदवार बनेका सुवास चन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई पत्र लेखेका छन्। उहाँले नेम्वाङ राष्ट्रपतिको पदमा उपुक्त रहेको उल्लेख गर्दै राजनीतिक दल र स्वतन्त्र सांसद गरि १७ जनालाई आग्रहको पत्र लेखेका हुन्।

एमाले केन्द्रीय कार्यालयका सचिवलयको अनुसार उहाँले नेपाली कांग्रस बाहेक सबै राजनीतिक दल तथा सांसदलाई पत्र लेखेका छन्। यस्तै एमालेको पत्र अध्यक्ष माधव नेपाल कहाँ पुगेपछि नेकपा एसले संवादको बाटो खुलेको प्रतिक्रिया दिएको छ। साथै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने समेत उल्लेख गरेको छ।

तर ओलीको आग्रह यतिबेला स्वीकार गर्न नसकिने नेकपा एस पार्टीका नेता जगन्नाथ खतिवडाले सामजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यसरी संवाद भइरहे भविष्यमा सहकार्यको वातावरण सिर्जना हुने समेत बताए।

‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’ नेता खतिवडाले लेख्छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP