नेम्वाङलाई मत दिन आग्रह गर्दै एमालेले पठायो १७ दल र स्वतन्त्र सांसदलाई पत्र

राष्ट्रपति पदको उम्मेदवार बनेका सुवास चन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई पत्र लेखेका छन्। उहाँले नेम्वाङ राष्ट्रपतिको पदमा उपुक्त रहेको उल्लेख गर्दै राजनीतिक दल र स्वतन्त्र सांसद गरि १७ जनालाई आग्रहको पत्र लेखेका हुन्।

एमाले केन्द्रीय कार्यालयका सचिवलयको अनुसार उहाँले नेपाली कांग्रस बाहेक सबै राजनीतिक दल तथा सांसदलाई पत्र लेखेका छन्। यस्तै एमालेको पत्र अध्यक्ष माधव नेपाल कहाँ पुगेपछि नेकपा एसले संवादको बाटो खुलेको प्रतिक्रिया दिएको छ। साथै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने समेत उल्लेख गरेको छ।

तर ओलीको आग्रह यतिबेला स्वीकार गर्न नसकिने नेकपा एस पार्टीका नेता जगन्नाथ खतिवडाले सामजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यसरी संवाद भइरहे भविष्यमा सहकार्यको वातावरण सिर्जना हुने समेत बताए।

‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’ नेता खतिवडाले लेख्छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *