सहकारी क्षेत्रमा बचतकर्ता र ऋणीहरुलाई झुक्याएर ब्रह्मलुट – News Nepal Media
Trend

पछिल्लो समय यता सहकारी क्षेत्रमा सर्वसाधरणहरुलाई झुक्याएर ब्रह्मलुट भइरहेको छ। ५ प्रतिशत सम्म ब्याज दिन नसक्ने बचत तथा ऋण सहकारीहरुले १२-१५ प्रतिशतको लोभ देखाएर बचतकर्ता र ऋणीहरुको रकम कुम्ल्याएको समाचारमा आइरहेका छन्।

अहिले काठमाडौं उपत्यकामा टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा बचतकर्ता र ऋणीहरु टेवा गर्नुको साटो सहकारी संस्थाका नाममा सदस्य भनिने ठग लुटेराहरुलाई जन्माएको छन् ।

केही समय पहिले चर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको प्रष्ट छ यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैलाई विधितै छ ।

त्यस्तै गरी बुनेपा ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । कानुनी प्रकिया अनुसार छानबिन समितिले पुस पहिलो हप्ताबाट छानबिनको काम सुरु गरेर सकाएर प्रतिवेदन पेश गरेको थियो। छानविनको प्रतिवेदान अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।

प्रारम्भिक छलफलमा सहकारी संस्थाको आर्थिक हिनामिनामा कार्यकारी अध्यक्ष भानु शर्मा र कार्यालय व्यवस्थापक शम्भु कार्कीको संलग्नता रहेको पीडित पक्षले बताएका छन् । एकता बुद्ध सहकारी सस्थामा उपध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ,कोषाध्यक्ष राम कुमार श्रेष्ठ ,सदस्य वीर बहादुर तामाङ ,होमनाथ तिमिल्सिना ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन् ।

अहिले पनि एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्य समिति सदस्यहरुहरु मध्ये अधिकांश चलाखी गरेर आ–आफ्नै भकारी भर्न र पीडित बचतकर्ताहरुलाई कहिले सहकारी सञ्चालकका छलफल भनेर त कहिले कार्य सम्पादन गर्ने सञ्चालकको अनुपस्थिति भनेर समय अवधि बढाउन बाहेक अरु विकल्प दिने मनासयमा छैनन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले सहकारीका सञ्चालकहरुलाई उक्त निर्देशन दिएको हो । महासंघले सहकारीबाट सञ्चालकले लिएको ऋणलाई पहिलो प्राथमिकतामा राखेर उठाउन सहकारीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP