उपप्रमुख, प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर

मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ।

ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई रु. ७ लाख ५७ हजार भन्दाबढी रकम हिनामिना गरेको भन्दै काठमाडौंको विशेष अदालत आरोपपत्र दायर गरिएको हो।

छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदनको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको खुलेको थियो। उक्त भ्रष्टाचारमा मुछिएका छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा र सव-ओभरसियर (करार) गड बहादुर बुढा रहेका छन्।

यस्तै तत्कालिन नगर उप-प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नं. वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य हजरकला कामी र हरिनी नेपाली समेत रहेका छन्।

रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको उनीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *