पोखराको अदालतबाट सफाइ पाएका नायक आज रिहा हुँदै, दमौलीमा लाग्यो समर्थकको भिड

नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका नायक पल शाह आज रिहाइ हुँदैछन्। पललाई स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको जनाइएको छ।

एक वर्षदेखिजिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका पल जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह सोमबार रिहा भएका हुन्।
उनको समर्थकहरुको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानाएको छ।

यसअघि एक गायिकाले सुटिङको क्रममा पल शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

यस्तै उनि तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । नाबालिग माथि बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएकाले शाह सोमबार रिहा हुने भएको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *