एमाले सरकारबाट बाहिरियो

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिने भन्ने बिषयमा प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका थिए।
यस्तै गत शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका थिए। प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो । एमाले केन्द्रसहित प्रदेशका ६ वटा सरकारमा सहभागी थियो । त्यसमध्ये ३ वटा प्रदेशमा सरकारकै नेतृत्व एमालेको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *