रास्वपाको सरकारलाई दिएको समर्थन अझै कायम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारलाई दिएको समर्थन अझै कायम रहेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निश्चित निर्णय हुन् सकेको छैन।

बैठकपछि संचारकर्मीहरु संगै बोल्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । ‘रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ‘ उनले भने, ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो। ‘

राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेको तर रास्वपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइ नसकेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

गत पुस १० गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । अहिले नेकपा एमाले सरकारबाट बाहिरिएको छ। भने रास्वपाले अझै  समर्थन गरिरहने भन्ने  निश्चित निर्णय लिएको छैन।

यस्तैगरि राप्रपा पनि सरकारबात बाहिरिसकेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *