राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा नयाँ गठबन्धनको सरकार पुनर्गठनमा धपेडी

राष्ट्रपति पदको निर्वाचन नजिकिंदै गर्दा ८ दलीय गठबन्धनबीच मन्त्रि परिषद गठन गर्ने सम्बन्धमा भागबन्डा गर्ने कार्य सुरु भएको छ। बालुवाटारमा आज बसेको ८ दलिय गठबन्धनको बैठकमा नयाँ गठबन्धनको सरकार गठन गरेर आपसी अविश्वास र आशंकालाई ठाउँ नदिने भन्दै मन्त्रिको भागबन्डा सुरु भएको हो।

तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो दल रास्वपा र राप्रपा पनि सरकारबाट बाहिरिएपछि अहिले सरकार गठन चाडै गर्नु पर्ने भन्दै ८ दलीय बैठकमा सहभागी एक नेताले बताए। ‘राष्ट्रपति चुनावमा भोट तान्न एमालेले खेल्न सक्ने भएकाले पनि नयाँ गठबन्धनको सरकार गठन गरेर आपसी अविश्वास र आशंकालाई ठाउँ दिनुहुँदैन भन्ने कुरा आएको छ । उनले भने, ‘नत्र राष्ट्रपति चुनावमा केही मत तलमाथि हुनसक्छ । सबै दल सरकारमा गएपछि एमालेले खेल्न पाउँदैन।’

यस्तै आठ दलीय गठबन्धनमा सामेल भएका दलहरु चाँडै सरकारमा जान चाहेको बताइएको छ। राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो ।

उक्त बैठकमा गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालय भने कांग्रेसले लिने समझदारी भइसकेको छ । जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी गरिरहेको छ । राष्ट्रिय जनमोर्चा सरकारमा जाने वा नजाने निर्णय भएको छैन । लोकतान्त्रिक समाजवादी पार्टीले २ मन्त्रालय मागेपनि एक मन्त्रि पद पाउने निश्चित छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेसको पनि सहमति नरहेको बताइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार रवि र राजेन्द्र लिङदेन ओलीसँगै रहून् भन्ने चाहना नेताहरुको छ । त्यस्तो हुँदा सरकारमा ८ दलमात्र हुनेछन् ।

फागुन २५ मा राष्ट्रपति चुनाव हुँदैछ भने चैत ३ मा उपराष्ट्रपति चुनाव हुनेछ। साथै चैत १२ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। ‘सरकारमा ८ दलको सहभागिता निश्चित छ । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेकाले उनलाई समेट्नेबारे कुनै छलफल भएको छैन ।’ एक नेताले भने।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *