राष्ट्रपति निर्वाचनको लागि आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै

आसन्न राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै छ। राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने आयोगले जनाएको छ।

यसअघि फागुन १३ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरू विरुद्ध उजुरी परेको भनिए पनि उजुरी बारे कुनै प्रमाण नभएपछी आज आयोगले औपचारिक रुपमा उनीहरुको नाम सार्वजनिक गर्ने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। अब फागुन २५ को राष्ट्रपति निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उक्त पदको नेतृत्व गर्न सक्छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *