क्याप्टेन मेस्सीले ‘द बेस्ट फिफा म्यानस प्लेयर अवार्ड २०२२’ हात पारे

अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले ‘द बेस्ट फिफा म्यानस प्लेयर अवार्ड २०२२’ जितेका छन्। उनले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउन सफल भएका हुन्।

गएराति भएको एक कार्यक्रमबीच उत्कृष्ट खेलाडी तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै क्याप्टेन मेस्सिले उक्त अवार्ड हात पारे। उनि अहिले ३५ वर्षका भएका छन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो। अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *