
प्रधानमन्त्रि पुष्पकमल दहाल ‘प्रचण्ड’ को निजि चिकित्सकको रुपमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रधानमत्रीको निजि चिकित्सक घोषणा गरेको हो।
सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको बताउँदै शर्माले सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने टिप्पणी गरे।

अहिले उनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।