क्वाछेँ र ब्यासीमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न निरीक्षण

भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँ क्षेत्रमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न स्थलगत अनुगमन गरिएको छ। लामो समयदेखि खानेपानीको समस्या भइरहेको क्वाछेँ र ब्यासीलगायतमा नयाँ पाइपलाइन विस्तारसँगै खानेपानी व्यवस्थापन गर्न सकिने भन्दै स्थलगत अनुगमन गरिएको हो।

भक्तपुर नगरभित्रको खानेपानी पाइपलाइन पुरानो हुँदै गएको छ। खानेपानी विस्तारमा समस्या भइरहेको छ। मेलम्चीको पानी नगरका सम्भव भएका ठाउँहरुमा भक्तपुर नगरपालिकाले नयाँ पाइपलाइन बिस्तार गर्ने योजनालाई अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकला, केयुकेएल भक्तपुरका प्रमुख चेतबहादुर ऐर र पुरातत्व विभागका प्रमुख अरुणा नकर्मीले मंगलबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरे।

सोहि नगरपालिकाले विभिन्न क्षेत्रमा नयाँ पाइपलाइन बिस्तार गर्न अहिले अध्ययनको थालनी गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *