बुधबार , साउन १५, २०८२
क्वाछेँ र ब्यासीमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न निरीक्षण – News Nepal Media
Trend

भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँ क्षेत्रमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न स्थलगत अनुगमन गरिएको छ। लामो समयदेखि खानेपानीको समस्या भइरहेको क्वाछेँ र ब्यासीलगायतमा नयाँ पाइपलाइन विस्तारसँगै खानेपानी व्यवस्थापन गर्न सकिने भन्दै स्थलगत अनुगमन गरिएको हो।

भक्तपुर नगरभित्रको खानेपानी पाइपलाइन पुरानो हुँदै गएको छ। खानेपानी विस्तारमा समस्या भइरहेको छ। मेलम्चीको पानी नगरका सम्भव भएका ठाउँहरुमा भक्तपुर नगरपालिकाले नयाँ पाइपलाइन बिस्तार गर्ने योजनालाई अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकला, केयुकेएल भक्तपुरका प्रमुख चेतबहादुर ऐर र पुरातत्व विभागका प्रमुख अरुणा नकर्मीले मंगलबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरे।

सोहि नगरपालिकाले विभिन्न क्षेत्रमा नयाँ पाइपलाइन बिस्तार गर्न अहिले अध्ययनको थालनी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP