प्रदेश-१ को नामाकरणका लागि प्रस्तावमा एमालेले राख्यो कोशी

प्रदेश-१ को नामाकरणका लागि नेकपा एमालेले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेको छ । दलहरुले छुट्टा छुट्टै नाम प्रस्ताव गरि रहँदा प्रदेश सभामा रहेको सवै भन्दा ठूलो दल एमालेले उक्त नामको प्रस्ताव राखेको हो।

एमालेले प्रस्ताव गरेको नाममा नेकपा माओवादीले पनि समर्थन गर्दै सोही नाममा मतदान गर्ने निर्णय गरेको छ । तर केही साना दलहरुले भने फरक नाम सभामा प्रस्ताव गरेका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले किराँत-लिम्बुवान-सगरमाथा प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेका छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *