प्रदेश नामाकरणको विरोधमा आन्दोलन गर्ने सम्भावना रहेको भन्दै बिराटनगरमा निषेधाज्ञा

 

आज प्रदेश नं १ को नामाकरण टुङ्गो लगाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा लागु गरिएको छ। बुधबार प्रदेशमा कोशी नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् ।

दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरिएको जनाइएको छ। साथै प्रशासनले जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

अहिले सोहि क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गर्दै सुरक्षा प्रहरी परिचालन गरेको छ। साथै प्रदेश राजधानी आउने सवारी जाँचमा पनि कडाइ गरिएको बताइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *