दुर्लभ सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ

धादिङको धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र एउटा जिउँदो हुचिल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनाले बोराभित्र खपटा र कार्टुनभित्र हुचिललाई लुकाईछिपाई हाप्सेचौरबाट नौविसेतर्फ ल्याउँदै गरेका थिए।

उनीहरुले उक्त दुर्लभ जिवजन्तु लुकाईछिपाई ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले उक्त प्रमाणसहित पक्राउ गरेको हो

अहिले सोहि विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *