कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन राप्रपाले लियो फिर्ता

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फिर्ता लिएको छ।

आज एक लिखित पत्र बुझाउँदै राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष समर्थन फिर्ता लिएको बताए। उनको अनुसार मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ ।

सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ।

‘परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ । उनले भने, ‘त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ । चालीस सदस्य रहेको कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्र रहेको छ। ‘


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *