अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई उक्त पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित बुधबार साँझा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत गरि ३ जनालाई पक्राउ गरिएको हो ।

झापाको कन्काई नगरपालिका-३ कोटिहोमबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र शिवसताक्षी नगरपालिका-८ शित्तल चोक बस्ने २६ वर्षीय मदन विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका-२ बस्ने २० वर्षीय शिब शंकर यादव रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *