विदेशी महिलालाई ल्याएर ठमेलमा वेश्यावृत्ति: पिडितको उजुरीको आधारमा एक अफ्रिकी महिला पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिलालाई ल्याएर वेश्यावृत्ति सन्चालन गरेको आरोपमा एक अफ्रिकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई उक्त आरोपमा पक्राउ गरिएको हो।

नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर उनीले सोहि पीडितहरुलाई नेपालमा ल्याएर कोठी संचालन गरेकी थिईन। बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी महिलाले गरेको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले पक्राउ गरेको जनाइएको छ।

नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग ति पिडितहरुलाई दैनिक ५÷६ जनासम्मसँग शारीरिक सम्बन्धमा लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ।

अहिले उनलाई पक्राउ गरि ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *