देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि जीवनभर लडेको-नेता पौडेल – News Nepal Media
Trend

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि जीवनभर लडेको बताउनुभएको छ। उहाँले संचारकर्मीहरु संग कुराकानी गर्दै आफ्नो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि रहेको बताउनुभएको हो।

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेता पौडेलले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्नुभयो।

“संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, उहाँले भन्नुभयो, “जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।”

यस्तै पुर्वसभामुख समेत रहनुभएको पौडेलले परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट पूर्ति हुने तर्क गर्नुभयो। “दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । संविधानको रक्षा नै पहिलो कर्तव्य हो। उहाँले भन्नुभयो, लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ ।”

यस्तै आठदलीय गठबन्धनको तर्फबाट आफु राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो देखिरहेको नेता पौडेलले बताउनुभयो।

आसन्न राष्ट्रपतिको निर्वाचन अब आउन ४ मात्रै बाँकी रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP