रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ। नेपालको ताज महलका नामले चिनिने रानीमहलमा चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाटै उक्त रकम बराबरको राजस्व संकलन भएको हो।

पुरातत्व विभागअन्तर्गत रहेको सोहि महल विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो। साथै रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्ने जिम्मा तानसेन नगरपालिका दिइएको छ। अहिले महलको सजावट तथा थप व्यस्थापनमा गरेकोले राजस्व समेत वृद्धि भएको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउभयो। उहाँको अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् ।

“विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व सङ्कलन गरेको थियो” प्रवक्ता कार्की भन्नुहुन्छ, “यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो ।”

अहिले नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु ५० तोकेको छ भने सार्क देशका लागि रु ८० र अन्य मुलुकका नागरिकले रु एक सय ५० रहेको छ । यस्तै श्रीनगर अवलोकनका लागि रु २० लिने गरिन्छ। नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन् ।

दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् । गत वर्ष रु सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *