ओखलढुंगाका जिल्ला उपसभापति दाहालसहित श्रीमती रुखमा झुण्डिएको अवस्थामा मृत फेला

ओखलढुंगाका जिल्ला उपसभापति हेम प्रसाद दाहाल र उनको श्रीमती बेदुका दाहाल झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ओखलढुंगाका मोलुङ गाउँपालिका-२ लामी डाँडा घर भएका सोहि दम्पति रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उनीहरु दुवै जना फरकफरक रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। श्रीमान आफ्नो घरदेखी २ सय मिटर अगाडी खनिउको रुखमा र श्रीमती बेदुका दाहाल घर देखी करिब ४० मिटर अगाडी सिरिसको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दाहाल २०३१ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। साथै उनि क्षेत्रीय सभापति हुँदै जिल्ला उप सभापति समेत भएका थिए ।

प्रहरीको अनुसार उक्त घटना हुनुभन्दा अगाडी उनीहरुका ६ सन्तान रहेका थिए। उनीहरुको शव पोष्ट मार्टमाको लागि अस्पताल लगिएको छ ।

अहिले सोहि घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *