महिला क्रु-मेम्बर मात्रै बोकेर भ-यो अन्तर्राष्ट्रिय उडान: नेपालको इतिहासमा राखियो रेकर्ड

नेपालकै इतिहासमा पहिलो पटक दुई नेपाली महिला पाइलटले आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका छन्। अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाली इतिहासमा रेकर्ड राख्दै उक्त उडान भरेको हो।

आज बिहान नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजले युएईबाट काठमाडौँका लागि उडान भरेको थियो। जसमा महिला यात्रु मात्रै राखिएका थिए। बुधबार सोहि जहाज बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छन् भने को–पाइलटमा सिर्जना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।

यसअघि दुई महिला पाइलटले नै अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर अहिले सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *