कांग्रेस रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिको पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहिबार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन्।

राष्ट्रपति निर्वाचनमा ८३१ मत मात्रै खसेको थियो । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको जनाइएको छ ।

प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

नवनिर्वाचित पौडेललाई उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दल र स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *