हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिल्भर तातेजस्तो आफुहरु नतात्ने बताएका छन्।

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले भने, “सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।”

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’

ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने समेत बताए। साथै उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए। उनले भने ,”हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन ।’

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *