धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड छ लाख सात हजार ७०२ बराबरको कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ । बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु पाँच करोड चार लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी रु चार करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट रु तीन करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक रु तीन करोड ६९ लाख पाँच हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् । हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लाग्यो ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply