कुहिभिरमा भएको दुर्घटनामा मृत्यु हुनेको खुल्यो परिचय

मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ का जोसना राई, सोही ठाउँकी राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका–४ का सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ का कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुङ्गाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुङ्गा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको उहाँले सिलवालले दिनुभयो । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए ।

तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ । घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ पठाइएको हो ।

सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *