देशव्यापी रुपमा संघीयता विरुद्ध अध्यक्ष केसीले गरे आन्दोलनको घोषणा

देशव्यापी रुपमा संघीयताको विरुद्ध आन्दोलन गर्न सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले घोषणा गरेको छ। बुटवलमा बसेको राष्ट्रिय परिषद्को बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्धमा नेपालभर विरोध प्रदर्शन गर्ने जनाइएको छ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारि गर्दै उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू आयोजना गरिने जानकारी गराउनुभयो । “चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।” प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तै पार्टीले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने समेत निर्णय गरेको छ । जसमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बन्ने जनाइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *