उपराष्ट्रपति निर्वाचनको मतदान ४८ घण्टापछि, आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध

आगामी चैत ३ मा उप-राष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन आयोगले आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिने छ। निषेधको अवधिमा कुनै पनि राजनितिक दलले कुनै पनि किसिमको प्रचारप्रसार सामाग्री प्रयोग गर्न पाउने छैनन्।

उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेध अवधि लागु हुने गर्दछ। आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिने आयोगले जनाएको छ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आचारसंहितामा उल्लेख गरिएको छ। साथै निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत-हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

उपराष्ट्रपतिमा उम्मेदवार अष्टलक्ष्मी शाक्य, ममता झा र रामसहायप्रसाद यादवले मनोनयनपत्र दर्ता भइसकेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *