लमजुङमा एकल महिलालाई भुकम्प प्रतिरोधात्मक घर

लमजुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरमा बस्दै आएकी फूलमाया सार्कीलाई लमजुङ पुनर्लाभ परियोजनाले घर निर्माण गरिदिएको छ। क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित उक्त परियोजनाले उनलाई ७ लाख रुपैयाँ लागतमा घर बनाइदिएको हो।

७० वर्ष नाघेकी फूलमायाले १५ वर्षको उमेरमा श्रीमान गुमाइएकि थिइन्। उनको १३ वर्षको उमेरमा विवाह भएको थियो। उनले श्रीमान गुमाएपछि माइतीमा घर बनाएर बस्दै आएकी थिईन्। २०७२ वैशाख १२ को भूकम्पले चर्काएको उनको घर २०७८ जेठ ५ मा लमजुङकै भुलभुले केन्द्र भएर गएको भूकम्पले आधा भत्काएको थियो। उनले छरछिमेकको सहयोगमा आधा भत्किएकै घरलाई बारबेर गरेर गुजारा चलाउँदै थिईन्।

अहिले भुकम्पप्रतिरोधात्मक नयाँ घर निर्माण भएपछि उनको मुहार खुसि देखिएको छ। उनि भन्छिन, “भुइँचालोले जम्मै भत्कायो । आज किचिएर मर्छु कि भोलि किचिएर मर्छु झैं भाथ्यो, अब सुखरी मोर्न पाउने भएँ। म जस्तै दुःखी गरिब अरूले पनि यस्तै घर पाऊन् ।”

उनि मात्रै नभएर बेंसीसहरनजिकै दनाइ गाउँ मिलन टोलकी ४३ वर्षीया चन्द्रकला परियार सँग पनि नयाँ घर निर्माण भएको छ। चन्द्रकला भन्छिन, “अहिले बुबाआमा हुनुहुन्न । घर पनि भूकम्पले जीर्ण बनाइदियो। बेलुका भएपछि र पानी पर्न थालेपछि घर भत्किने डरले कहाँ जाउँ, कहाँ जाउँ हुन्थ्यो । उनले फेरि थपिन् “घर भत्किने डरले छोरी सुताएर म जागै बस्थें मैले घर बनाउने कुरा सपनामा पनि सोचेको थिइनँ ।”

फूलमाया र चन्द्रकलाजस्ता एकल महिला, अपांगता भएका साथै आर्थिक अवस्था ज्यानै नाजुक भएका बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका १७ जनाको घर पुनर्निर्माण गरिएको जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *