दक्षिणकालीमा टिपरको ठक्करबाट एक कामदारको मृत्यु – News Nepal Media
Trend

काठमाण्डौमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ। काठमाण्डौको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा सोमबार टिपरको ठक्करबाट नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ बर्षीय संदिप तामाङको मृत्यु भएको जनाइएको छ।

बाग्मती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो। उक्त ठक्करबाट गम्भिर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा भएको हो। उनको मृत्यु साँझ साढे ६ बजे मृत्यु भएको जनाइएको छ।

अहिले दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP