मंगलबार , बैसाख २, २०८२
सेयर कारोबारमा दोहोरो अंकको गिरावट – News Nepal Media
Trend

सेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। बुधबार नेप्से १४.४४ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर रू एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।

आजको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

यस्तै बैंकिङ समूह नौ दशमलव ९४, विकास बैंक समूह २७ दशमलव २४, वित्त समूह १४ दशमलव १६, होटल तथा पर्यटन सात दशमलव ३९ र जलविद्युत् समूह नौ दशमलव ६९ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP