सांसद आजाद मतदान गर्न अस्पतालदेखि बानेश्वर पुगे

विर अस्पतालमा उपचाररत जसपाका सांसद मोहम्मद अब्दुल कलाम आजाद उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन्। आज उनि वीर अस्पताल देखि मतदान गर्न निर्वाचनमा प्रत्यक्ष सहभागी जनाउँदै एम्बुलेन्सबाटै नयाँ बानेश्वर पुगेका थिए।

मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादको खुट्टामा चोट लागेर ट्रमा सेन्टरमा उपचाररत रहेका छन्। सांसद आजादको बिहीबार ट्रमा सेन्टरमा खुट्टाको अपरेसन गरिएको थियो ।

अहिले उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन् । जसमा तिन जनामध्य कांग्रेस, माओवादीसहित पाँच दलको समर्थनमा उम्मेदवारी दिएका जसपाका यादवका लागि मतभार सबैभन्दा धेरै देखिएको जनाइएको छ।

शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *