उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु: संघीय संसदका २१ जनाले हालेनन् भोट – News Nepal Media
Trend

नयाँ बानेश्वरस्थित संसद् भवनमा उपराष्ट्रपति पदको निर्वाचनका लागि मतगणना सुरु भएको छ। शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ सकिएको थियो।

उपराष्ट्रपतिको निर्वाचनमा ३११ जना सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरेका छन्। संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । जसमा संघीय संसदका २१ जना अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै प्रदेशसभा तर्फ ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार जनाले उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP