भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरण सम्पन्न गर्न मङ्गलबार राति १२ देखि शुक्रबार राति १२ बजेसम्म सीमाबाट हुने आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को परिच्छेद ६ (थ) वमोजिम मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ । स्थानीय तह निर्वाचनको मतदान कार्यका दिन शुक्रबार बिहान ५ देखि साँझ ६ बजेसम्म एम्बुलेन्स, वारुणयन्त्र, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधनबाहेक अन्य सम्पूर्ण यातायातका साधनहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो ।
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply