देश अर्कालाई जिम्मा लगाइदिऊँ भन्नेलाई कारबाही गर्न अध्यक्ष ओलीको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन्छ कि सुन्दैन भनेर प्रश्न गर्नुभएको छ , उहाँले आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले कानमा तेल हालेर बसेको आरोप लगाउनुभएको हो।

उहाँले भन्नुभयो, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’

यस्तै उहाँले देश अर्कालाई जिम्मा लगाइदिऊँ भन्नेहरुलाई कारबाही गर्न माग गर्दै देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्ने जिकिर गर्नुभयो। उहाँले फेरि भन्नुभयो, ‘यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ। ‘

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *