सुनचाँदी बजारमा हालसम्मकै उच्च मूल्य वृद्धि

नेपाली सुनचाँदी बजारमा आज मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य प्रतितोला २ हजार ९३३ रुपैयाँले बढ्दा सुनचाँदी बजारले नयाँ रेकर्ड कायम गरेको हो। पछिल्लो दश दिनमा अहिले सम्म निरन्तर रुपले ९ हजार ३३ रुपैयाँले बढेको छ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको उच्च मूल्यको किर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *