राष्ट्र बैंकले ल्यायो २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल: आजै दिउँसो बोलकबोल हुने उल्लेख

नेपाल राष्ट्र बैंकले आज २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ। सोमबार दिउँसो ३ बजे राष्ट्र बैकले ट्रेजरी बिलका लागि बोलकबोल हुने उल्लेख गर्दै उक्त ट्रेजरी बिल जारि गरिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागिएको छ। साथै ५ अर्बको ट्रेजरी बिल २८ दिनको लागि जारी गर्ने र उक्त ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुने छ भने ९१ दिनको लागि पनि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिने जनाइएको छ।

यस्तै ४ अर्ब ३० करोड रुपैयाँका ट्रेजरी बिल १८२ दिनका लागि जारी गर्नेछ जसमा २०८० असार २ मा परिपक्व हुनेछ । साथै ९ अर्ब रुपैयाँ जुन ३६४ दिनको लागि ट्रेजरी बिलको अवधि रहने छ। यो बिल २०८० चैत ६ गते परिपक्व हुने बैकको भनाई छ।

बैंकका अनुसार सोहि बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यस्तै व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यसअघि राष्ट्र बैकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *