कैलालीमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु

कैलालीमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका ३ कुडि चोकमा आइतबार बेलुकीको समयमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै भजनी नगरपालिका १ ठेगरपुरका अन्दाजी २८ बर्षीय टिकाराम चौधरी रहेका छन् । प्रहरीको अनुसार सुख्खडबाट भजनी तर्फ जाँदै गरेको से २ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा उनि गम्भिर घाईते थिए। घाइते भएका चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *