एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कुनै पनि आधार नरहेको सांसद पौडेलको टिप्पणी

एमालेका विष्णु प्रसाद पौडेलले पुष १० गतेको सहमति तुताएर माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनेको बताएका छन्। उनले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद पौडेलले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नाममा नेकपा एमालेलाई बाहेक गराउने खेल बनेको बताए ।

नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कुनै पनि आधार नदेखिएको समेत सांसद पौडेलले टिप्पणी गरे। उनले भने नेकपा एमालेबिना राष्ट्रिय सहमति सम्भव छ कि छैन । राष्ट्रिय सहमतिको गलत परिभाषा नहोस् । राष्ट्रिय सहमति भन्ने विषय होइन गर्ने विषय हो।’

यस्तै, संसदमा बोल्दै उनले उनले एमाले बिना राष्ट्रिय सहमति सम्भव छ वा छैन भन्दै प्रश्न गरे । त्यसको साथै राष्ट्रिय सहमति भन्ने नभइ गर्ने विषय रहेको समेत बताए ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *