कोशी प्रदेशका मुख्यमन्त्रि कार्कीको गाडीमाथि आक्रमणको प्रयास

ओखलढुङ्गामा मूख्यमन्त्रीको गाडीमा प्रदर्शनकारी आक्रमण गरेका छन्।

सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताले कडा सुरक्षासहित गाडीमा जाँदै गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीलाई रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित रहेको जनाएइको छ।

आइतबार एक कार्यक्रममा उनले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएपछि उक्त आक्रमण भएको बताइन्छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *