जमिनबाट तेल निस्केपछि कुवेतमा आपतकालिनको घोषणा

जमिनबाट तेल चुहिन थालेपछि कुवेत आयल कम्पनीले ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ। उक्त तेल देशको पश्चिमी भागमा भारी मात्रा चुहिन थालेपाछी आपतकालिन घोषणा गरेको हो।

अहिलेसम्म चुहावट कुन स्थानमा भएको भन्ने निश्चित नभएको कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले बताए। उहाँको अनुसार चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ।

उनले भने, “चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन ।”

यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको थियो। जसमा सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुई वटा चुहावटका घटना भएको थियो।

यस्तै तेल उत्पादनमा अगाडी आउने देश कुवेत पर्दछ। जसमा करिब ९० प्रतिशत राजस्व सरकारले सोहि तेलबाट प्राप्त गर्दछ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *