मन्त्रीको भागबण्डामा सबैलाई समेटेर सरकारमा जाने सांसद खतिवडाको जिकिर

प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले काम गर्ने अवसर सबैले पाउनुपर्ने बताएका छन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीमा न्याय पद्धतिको विकास हुने उल्लेख गर्दै यस्तो भनेका हुन्।

नेपाली कांग्रेसका नेता खतिवडाले सबैलाई समेटेर जाने बताउँदै मन्त्रि बन्ने धेरै सांसदको इच्छा रहेको उल्लेख गरे। उनले भने, ‘धेरै मेहेनतका साथ साथीहरुले आफ्नो निर्वाचन क्षेत्रमा विजय प्राप्त गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा मन्त्रि बनेर जाने इच्छा सबैलाई होला। तर यस विषयमा पार्टी भित्र अझै छलफल हुँदै छ। ‘

सरकारमा १० दलबाट एकएक-दुईदुई जना मन्त्रि बन्ने सम्भावना रहेको छ। जसमा एकीकृत समाजवादीबाट दुई जना मन्त्रि बन्ने निश्चित छ। यस्तै जसपाबाट दुई जना, अन्य मधेशवादी तर्फ बाट एकएक जना, नेपाल समाजवादी पार्टीबाट एक जना मन्त्रि बन्ने छन्।

यस्तैगरी रास्वपाबाट एक जना र कांग्रेसबाट ८ जना मन्त्रिको भागबण्डा गरिंदै गरेको समेत सांसद खतिवडाले बताए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *