घरमा राखिएको पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु

दोलखामा २१ महिने बालकले पेट्रोल खाँदा मृत्यु भएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका ३, सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षमको बुधबार पेट्रोल खाँदा मृत्यु भएको हो।

सक्षमले मोटरसाइकलमा हाल्नको लागि घरभित्र राखिएको पेट्रोल खाएका थिए। पेट्रोल खाएका सक्षमलाई सिंगटीमा उपचार हुन नसकेपछि दोलखाबाट धुलिखेल अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालकले मोटरसाइकलमा हाल्नको लागि ल्याइएको पेट्रोल खाएर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *