एक बोरा सिक्का जम्मा पारि एक व्यक्तिले किने नयाँ स्कुटी

एक जना यस्तो व्यक्ति जसले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । बोरागाउँमा सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले वर्षौ देखि जम्मा गरेको सिक्काबाट उक्त स्कुटी खरिद गरेका हुन्।

उनले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेर एक बोरा बनाएका थिए। अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का सङ्कलन गर्न थालेको उनले बताए।

उनको यो बचत गर्ने प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपाङ्ग्रे सवारी साधन गर्ने अवस्थामा पुर्‍याउन बताएका छन् ।

यस्तै एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा रु ९० हजार रहेछ । बिक्रेताले हकको चाहनाअनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *