भारतमा बेचिएका १० नेपाली युवतीहरुलाई ‘मिसन फ्ल्याट’ अभियान द्वारा उद्धार

भारतको राजधानी नयाँ दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन व्यापारमा लगाइएका १० नेपाली युवतीहरुलाई उद्धार गरिएको छ। मानव तस्करीको शिकार भइ जबरजस्ती देह व्यापारमा लगाइएका ति युवतीहरुलाई आजै उद्धार गरिएको जनाएको छ।

मानव बेचबिखनमा परेका सोहि युवतीहरुलाई उद्धार गर्न मिसन फ्ल्याट नामक अभियान चलाइएको थियो। उद्धार गरिएका पिडित युवतीहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ। उनीहरुलाई संयुक्त रुपले नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसले उद्धार गरेको हो।

उद्धार गरिएकी ति पिडित युवतीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । प्रहरीको अनुसार उनीहरुलाई राम्रो जागिर छ भनि प्रलोभनमा पारि दिल्ली लागिएको एक पिडित युवती बताइन।

यस्तै यसअघि पोखराबाट ४ जना युवती हराएको खबर जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावासमा सम्म पुगेको एसएसपी उमाकान्त चतुर्वेदीले जानकारी दिए।

उहाँको अनुसार सुचना प्राप्तिपछि खोजिका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले खोजि कार्य जारी गरेको थियो। पछि ४८ घण्टाको निरन्तरको खोजिपछि ति हराएका युवातीहरुलाई पनि उद्धार गरिएको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *