सर्वोच्च भएर पनि निरिह रहेको लाकतान्त्रिक अभियन्ता नन्दराजको आरोप

निर्वाचन प्रणालीको सुधार गर्नु पर्ने माग राख्दै माइतीघर मण्डलामा निरन्तर असनमा बसेका लोकतान्त्रिक अभियान्ता एवं संयोजक नन्दराज उपाध्याय सर्वोच्च निरिह भएर बसेको आरोप लगाएका छन्। राजनीति भनेको सम्पूर्ण नीतिहरुको खम्बा रहेको उल्लेख गर्दै उनले राजनीति सुध्रिन निर्वाचनको रुपान्तरण हुनुपर्ने जरुरी रहेको स्पष्ट परे।

उनले भने, ‘राजनीति भनेको सम्पूर्ण नीतिहरुको खम्बा हो। राजनीति सुध्रियो भने पुरै देशको अस्तित्व सुध्रिन्छ।’ गत महिना देखि माइतीघर मण्डलामा लोकतन्त्रलाई न्याय चाहियो भन्दै नन्दराज धर्नामा बस्दै आएका छन्। तर यतिबेला उनको यो माग र अवाजलाई सुनिदिने कोहि छैन। यसअघि उनि माइतीघरमा धर्ना दिने क्रममा काठमाण्डौ महानगरका प्रमुख बालेन साहले संयोजक नन्दराजसँग नराम्रो व्यवहार गरेको आरोप थियो । एक मिडियामा कुराकानी गर्दै नन्दराजले भने, म बलेन साह जस्तो अश्लिल भएन, बलेन साह जस्तो खराब नेतृत्व भएन म।’

यस्तै उनले १०८ सांसदले आफ्नो हाजिर लगाउने र १ लाख ८ हजार एक मिनेटमा गायब पर्ने गरेको टिप्पणी गरे। उनले भने, ‘राइट टु रिकलको प्राबधान हुनुपर्छ। सांसदमा जाने, १०८ सांसद चै हाजिर लगाउने, अनि भाग्ने। १०८ जना मध्ये १ लाख गायब पार्छन भने यो देशको कसरी बिकास हुन्छ? ‘

यस्तैगरि उनले नेपालमा जनताको लागि मात्रै कानुन हुने गरेको समेत दावी गरेका छन्। देशमा नेतालाई कानुन नलाग्ने भन्दै यस्तो बताएका हुन्। उनि भन्छन, ‘जनता मात्रै जेल जानी, जनतालाई मात्रै मुलुकी ऐन कानुन हुन्छ। उनले प्रश्न गरे, ‘ नेतालाई हुँदैन??’

यस्तै अहिले उनलाई जय महाकाल युवा समूहको समर्थन मिलेको छ। उनले यस अभियानलाई अझ बृहत बनाउने बताएका छन्। सोहि समुहमा १७ हजार सदस्य रहेका छन्। पछिल्लो समय यता निर्वाचन प्रणाली सुधारको बहस निरन्तर चलिरहेको छ।

लोकतन्त्रको रक्षाको लागि उनले ४ बुंदे सुधारात्मक प्रक्रिया आवश्यक रहने उल्लेख गरेका छन्। जसमा प्राथमिक निर्वाचन, राइट टु रिजेक्ट,राइट टु रिकल, विदेशमा भएका नेपाली नागरिको मतदानको अधिकार जस्ता प्रक्रिया रहेको छ।

प्राथमिक निर्वाचन– पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि प्राथामिक निर्वाचन (प्राइमरी इलेक्सन) हुनुपर्ने उनीहरुको माग छ ।साथै निर्वाचन प्रक्रिया सुधारका लागि राइट टु रिजेक्ट अर्थात् नो भोटको व्यवस्था हुनुपर्ने धर्नामा बसेका युवाहरुको माग छ । २०७० साल पुस २१ गते सर्वोच्च अदालतले आदेश दिँदा पनि विधेयक नल्याउनुले लोकतन्त्रको धज्जी उडाएको उनीहरूको ठहर छ ।

यस्तै विदेशमा रहेकालाई मतदानको अधिकार हुनुपर्ने व्यवस्था लागु गर्न समेत माग रहेको छ। सर्वोच्च अदालतले पनि आदेश दिइसकेको छ, विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाउन भनिएको छ। उनीहरूलाई भोटको व्यवस्था मिलाउनुपर्ने अनसरत युवाहरूको माग छ ।

गत असारमा नन्दराजले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आफ्नो माग पेश गरेका थिए। तर अहिले सम्म कुनै सुनुवाई नभएको उनको गुनासो रहेको छ। अहिले धर्नामा बसेका युवाहरुले सांसदहरूले सडकमै आएर पत्र लिनुपर्ने अदान राखेका छन्।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *